१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ माघ। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ।

आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले अन्नपूर्णलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘आइतबार बिहान पत्रकार सम्मेलन छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री ज्यूले अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराउने जानकारी गराउनुहुनेछ । ’औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाउन लागेको हो। राष्ट्रसंघले समेत अफगानिस्तानलाई मानवीय सहयोगका लागि आह्वान गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानविय संकट उत्पन्न भएको छ ।

अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढेकाले सरकारले उद्दार कार्य गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]