२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ माघ। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ।

आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले अन्नपूर्णलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘आइतबार बिहान पत्रकार सम्मेलन छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री ज्यूले अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराउने जानकारी गराउनुहुनेछ । ’औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाउन लागेको हो। राष्ट्रसंघले समेत अफगानिस्तानलाई मानवीय सहयोगका लागि आह्वान गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानविय संकट उत्पन्न भएको छ ।

अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढेकाले सरकारले उद्दार कार्य गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]