१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको ज्यान गयो !

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,१ माघ । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो ।

ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका र त्यस क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ट्याक्टर पल्टिँदा पानीमा डुबेको शव प्रहरीले बाहिर निकालेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]