०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

मस्जिद बनाउन वडा अध्यक्षले दिए निःशुल्क जग्गा

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

सोम दियाली
सर्लाही, १ माघ । सर्लाहीको हरिवन नगरपालिका ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित मुस्लिम बस्तीमा निर्माणाधीन बर्काती जामे मस्जिदको लागि निःशुल्क दान गर्नुभएको हो ।

वडाअध्यक्ष रेजाले शनिवार मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच जग्गाको लालपूर्जा मस्जिद निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको छ । मुस्लिम समुदायको बाल्को बस्ती रहेको ठाउँमा पूराना मस्जिदहरुमा धार्मिक कार्य गर्न असहज भएको र नयाँ मस्जिद निर्माण गर्न जग्गा आवश्यक भएकोले आफूले धार्मिक कार्यका लागि भन्दै निःशुल्क जग्गादान गरेको वडाअध्यक्ष रेजाले बताउनुभयो । उहाँले वडावासीको चाहाना अनुसार आफूले सुरुदेखि नै विकास निर्माणको काममा ध्यान दिएको बताउनुभयो । ‘म उहाँहरुकै भोटले वडाअध्यक्ष भएको हुँ, उहाँहरुको आवश्यकतामा मैले साथा दिनु मेरो धर्म हो । त्यसमाथि मन्दिर मस्जिद जस्ता धार्मिक काममा म आगामी दिनमा पनि सहयोग गर्न तयार छु ।’ वडा अध्यक्ष रेजाले भन्नुभयो ।

मस्जिद निर्माणका लागि वडा अध्यक्ष रेजाले १२ धूर जमिन र ५ लाख रुपैयाँ सहयोग गर्नुभएको जामे मन्दिर निर्माण समितिका अध्यक्ष शेख मुस्तफाले बताउनुभयो । उहाँका अनुसार वडाअध्यक्षले १२ धुर, स्थानीय मोहम्मद गनीले ५ धुर र अर्का रेहान  नाम गरेका व्यक्तिले ३ धुर गरी कुल एक कठ्ठा जग्गा बर्काती जामे मस्जिदलाई प्राप्त भएको छ । वस्तीमा जनसंख्या बढ्दै जाँदा भएका मस्जिदहरुले अपुग भएको र नयाँ मस्जिदको आवश्यकता परेकोले आफूहरुले नयाँ मस्जिद निर्माण सुरु गरिरहेको बेला वडाअध्यक्ष रेजाले निःशुल्क दान गरेर वस्तीका मुस्लिम समुदायमाथि ठुलो गुण लगाउनुभएको निर्माण समितिका अध्यक्ष मुस्तफाले बताउनुभयो ।

जग्गाको लालपूर्जा हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले वडा अध्यक्ष रेजाको सामाजिक कामहरु देखेर आफू अत्यन्तै खुशि भएको बताउनुभयो । उहाँले सामाजिक कामप्रति वडा अध्यक्ष रेजाले देखाएको विशाल हृदयका कारण नै वडामा उहाँको लोकप्रियता ह्वात्तै बढेको बताउनुभयो । ‘वडामा कोही भोकै भएपनि वडा अध्यक्ष, कसैले लाउन पाएन वडा अध्यक्ष, बाटो बनाउन, मन्दिर, मस्जिद बनाउन पनि वडाअध्यक्ष वडाका हरेक काममा वडावासीसँग तन, मन र धनले पनि नजिक भएर काम गर्ने वडाअध्यक्ष हरिवन ११ ले पाएको छ । यसर्थमा हरिवन ११ का वडावासी भाग्यमानी हुन् ।’ मेयर प्रसाईले भन्नुभयो ।

वडा अध्यक्ष रेजाको सामाजिक कामप्रतिको लगाव र झुकाव देखेर आफूहरु निकै प्रभावित भएको मुस्लिम धर्मगुरु मौलाना खलिकुज्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]