१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

किसानहरुले मलखाद्य माग्दै धनुषामा मन्त्री रेणु यादवको बिरोधमा प्रदर्शन गर्दै

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर पालिका लगायतका ठाउँमा किसान आन्दोलनकारीहरुले एकाबिहानै देखि मन्त्री रेणु यादवको पुतला दहन सहित बिरोध प्रदर्शन गरिरहेको छ। मन्त्री यादव आज धनुषाको मुख्यापट्टी मुसहरनियाको बैरिया बजारमा पार्टी प्रबेश कार्यक्रममा आउने कार्यक्रम रहेको छ। किसानहरुले आफ्ना हकहितका लागि ११ बुंदे माग सहित महिनौ देखि आन्दोलनरत रहे पनि सरकार नसुनेकोले किसानहरु संघीय मन्त्रीहरुको कार्यक्रम बहिष्कार गरिरहेको छ।

एकाबिहानै धनुषाको जनकपुरधाम उपमहानगर पालिका वडा न.४ निम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पहेले खाद्य मल ला तबे मधेशमे आ , कृषि बिधुत नि:शुक्ल गर , किसान उपरको दमन बन्द गर , किसान कार्डको वयवस्था गर , किसानलाई पनि पेन्सन दे लगायतका नारा लगाएका थिए । गत पुस ०८ गते देखि किसानहरु आन्दोलन गरिरहेको छ। यस अघि कृषि मन्त्री महेन्द्र राय यादवलाई बाकेको नेपालगन्ज बाट किसानहरु लखेटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]