२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था गर्न जनप्रतिनिधिले गरे इन्कार

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

सोम दियाली
सर्लाही,४ माघ । केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन बाध्य भएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग, साना व्यवसायीहरु मारमा परेका छन् ।

विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको भएपनि यो वर्ष त्यस्तो गरेको देखिँदैन । यस पटक त चोकमा कतै आगो ताप्ने व्यवस्था नहुँदा सर्वसाधारणले यसो हात, खुट्टा तथा जिउ सेकाउन समेत पाएका छैनन् ।

यस वर्ष जाडोमा चोक तथा मानिसको चहलपल बढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न स्थानीय जनप्रतिनिधिले इन्कार गरेका छन् । स्थानीय सुनिल कुमार साहले भन्नुभयोे, ‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ । निस्किएकाहरुले पनि यो चोक चौतारामा बालेकेको आगोमा हात सेकाउन समेत पाएका छैनन् ।’

‘हामीले यसो आगो ताप्ने व्यवस्था गरिदिनु प¥यो भनेर दाउरा माग्दा मेयरसापले सम्भव नै नभएको जवाफ दिनुभयो’, स्थानीय सुनिल कुमार साह भन्नुहुन्छ, ‘सुरुमा मैले डिएफओ सापलाई फोन गरें, चिसो बढ्यो आगो ताप्नका लागि दाउरा उपलब्ध गराई दिनु प¥यो भनेर । उहाँले नगरपालिका वा मेयरले नभनी हुँदैन । त्यहाँबाट सिफारिस लिएर आउनुभयो भने दिन्छौं भन्नुभयो । तर मेयरसापसँग कुरा गर्दा दाउरा सम्भव नै छैन भन्ने जवाफ दिनुभयो मसँग कल रेकर्ड समेत छ आवश्यक परे सुनाउन सक्छु ।’

‘नागरीकलाई जाडोबाट बचाउनु मेयर र स्थानीय सरकारको दायित्व भएको भएपनि मेयरले नै त्यसरी सम्भव छैन भन्नु अत्यन्तै दुःखद हो । धनीमनिलाई त ठिकै होला, तर जोसँग जाडोमा लगाउने एकसरो लुगा समेत छैन उनीहरुलाई गाह्रो भएको छ ।’, उहाँले भन्नुभयो ।

विगतमा पनि चिसो र शितलहरबाट नागरीकलाई बचाउनु भन्दै ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाईन्थ्यो तर यसपटक किन हो जनप्रतिनिधि नै दाउरा चाहियो आगो ताप्ने व्यवस्था गर्नुप¥योभन्दा पनि सम्भव छैन भन्छन् भने जनताको नजिकको सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । अब नागरीकले कस्को भर पर्ने र !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]