१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

दुबईबाट फर्केका युवकलाई अपहरण गर्नेहरु प्रहरी फन्दामा

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,४ माघ । दुबईबाट आएका एक युवकलाई अपहरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले गत असोज ८ गते दुबईबाट स्वदेश फर्किएका सिरहाका ३० वर्षीय रामेश्वर रामलाई बन्धक बनाएका थिए ।

उनलाई बसेको होटलबाट लिएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएपछि कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने, चुरोटको ठुटोले पोलेर यातना दिँदै झोला र मोबाइल खोसिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका हुन् ।

उनीहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]