२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेशका ८ जिल्लालाई मात्रै मधेश प्रदेश भन्न मिल्दैन : उपाध्यक्ष खान

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, ४ माघ ।मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश घोषणा गरेको भन्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले आपत्ति जनाएको छ ।

जनमतका शीर्ष नेताहरुले आठ जिल्लाको मधेशप्रति असन्तुष्टि जनाएका छन् ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले मधेशी सहिदहरुले ८ जिल्लाको मधेश प्रदेशका लागि सहादत दिएका थिएनन् ।समग्र मधेश एक प्रदेशको लागि पुर्व झापादेखि पक्षिम कंचनपुरसम्मका जनताले आन्दोलन गरेको थियो ।

यो ८ जिल्लालाई मात्रै मधेश प्रदेश भन्न  मिल्दैन र  आफूहरुलाई मान्य नरहेको उपाध्यक्ष खानले बताएका छन् ।

झापादेखि कंचनपुरसम्मको जनता जनभावना विपरित ८ जिल्लाको मधेश प्रदेश नामाकरण गर्नु मधेश विद्रोहको भावनाविपरीत रहेको खानले बताएका छन् ।

उनले भनेका छन्, ‘यो अधुरो, अपुरो नाम राखेर मधेशको हत्या मान्य छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]