१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, ५ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ माघ । धुनषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराती महोत्तरीका अमित कुमार पासवानलाई एक समूहले लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली महोत्तरी भंगहा-७ पुगेको थियो ।

सो क्रममा प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेलसहितको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए । घाइते पोखरेलको अवस्थामा सामान्य रहेको उपचारपछि डिस्चार्ज भएका छन् ।

‘गएराती महोत्तरी भंगालाका अमित कुमार पासवानको घरमा नगदसहित मोवाइल लुटेको भन्ने खबर आउनासाथ प्रहरी त्यसतर्फ गएको थियो ।

सो क्रममा उक्त समूहले प्रहरी माथि आक्रमण गरेको थियो ।’ उनले भने, ‘उक्त समूहका ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]