०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ माघ ।पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ ।

हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ ।

चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रदेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडी दासले बताए ।

उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रुघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए । निजी क्लिनिकहरुमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उनले बताए ।

यसैबीच, अत्यधिक चिसो बढेपछि जनप्रतिनिहरुले ठाँउ ठाउँमा दाउरासमेत वितरण गरेका छन् । जनकपुरधाम उपहमनगरपालिका– १ एक वडा अध्यक्ष सत्रुधन साहले चिसो कारण वडाभित्र दाउरा वितरण गरेको बताए । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेश प्रदेशका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरि, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ ।

केही दिनअघि मधेश प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]