१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

धनुषामा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।

शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरेपछि पनि मास्क नलगाउने जो कोही फेला परे जरिवाना असुल गरिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आइतबारदेखि मास्क नलगाउनेसँग रु १ सयका दरले जरिवाना असुली गरिनेछ ।

शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ ।

जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]