३० भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
×

किसान आन्दोलन : मधेशभरी उखु बोकेर प्रदर्शन गर्दै

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ माघ । किसान आन्दोलन अन्तर्गत आज मधेसका जिल्लाहरुमा उखु बोकेर प्रदर्शनमा उत्रिएको छ।

पूर्व घोषित कार्यक्रम अन्तर्गत उखु जुलुस प्रदर्शन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । उनका अनुसार उखुको बाँकी रकम भुक्तानी गर भन्दै उखु बोकेर किसान र जनमतका कार्यकर्ताले जुलुस निकाल्नेछ ।

किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, उखुको बाँकी भुक्तानी अबिलम्ब दिनुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलनरत छ ।

तर किसानको माग सम्बोधन गर्न संघीय सरकार उदासिन देखिएको छ । किसानको माग पुरा गर्नुको साटो आन्दोलनलाई दमन गरेर अन्त्य गर्ने सरकारको रणनीति छ । जनमत पार्टीले भने माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]