०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

डाक्नेश्वरीमा अभिभावक अनसनमा, व्यवस्थापन समितिको निर्वाचन गराउन मागँ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

राजविराज, २० माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक विद्यालयमा अभिभावकहरु आन्दोलित भएका छन् । सोही नगरपालिका वाड नम्बर ९ स्थित एस एल पी माध्यमिक विद्यालय महुकी पत्थरगाडामा विद्यालय व्यवस्थापन समिति गठनको मागँ गर्दै आभिभावकहरु अनिश्चिकालीन रिले अनसनमा उत्रेका छन् ।

विद्यालयमा उक्त समिति नभएकाले विभिन्न अनुदान लगायतका अन्य क्रियाकलापहरुमा समेत समस्या भइरहदाँ आफुहरु आन्दोलित भएको अनसनमा सहभागी अमरनाथ यादवले बताए । मंगलवारदेखी जयलाल यादवको नेतृत्वमा सञ्चालन गरिएको अनसनमा बुधवार सिता देवी खंगको नेतृत्वमा सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडलसमेतको सहभागिता रहेको अभिभावक शुभनारायण यादवले जानकारी दिए ।

वास्तवमा अभिभावक आन्दोलित भएको स्वीकारदै विद्यालयका प्रधानाध्यापक देवु यादवले भने– कोभिड १९ का कारण समिति गठन हुन सकेको छैन् । गाउँपालिकामा रहेका शिक्षा शाखासगँ समन्वय गरि यो महिना पछि गठन गरिने उनको भनाई छ । उक्त विद्यालयमा १३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]