१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

जनमत पार्टीले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
बुटवल,२० माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ ।

जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने गरेको छैन ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसंग राखेको छ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या,नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाएपनि मागहरु सम्बोधन गर्नुको साटो आन्दोलनमा सरकारले दमन गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए।

पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई पनि माघ १२ गते ज्ञापनपत्र बुझाएको थियो । माग पुरा हुँदासम्म पार्टीले अनिश्चितकालीन मधेश आन्दोलन घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]