०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बाढी पीडित पीडा बुझदै सांसद उमाशंकर अरगरिया

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले आज चौथो दिनपनि बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

सांसद अरगरियाले शनिबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको औरही गाउलालिका अन्तगत झिटकौहिया,पौरेश्वर ,कपटौल,बिकमपुर,चक्कर ,औरही,हरुसाहा रहेको बाढी प्रभावित क्षेत्रमा स्थल गत निरीक्षण गरिएको छ।

त्यसैगरी यता धनुषाको कमला नगरपालिका अन्तरगत सराबे,माची,पर्सा,मंगराहा,दुबैरकोठ हटलेटवा,सखुवा,मडान,सिंग्याहा,जागिरटोल ,हथमुण्डा,लक्कर ,टरिया,सघारा,भलुवाहा लगाइत विभिन्न वाडमा स्थल गत बाढी प्रभावित क्षेत्रमा अनुगमन गरिएको छ।अनुगमनकै क्रममा हिजो शुक्रबार जनकपुर उपमहानगरपालिका वाड न १७ स्थित रहेको कनरपट्टी,औसरा र वाड न १८को भोइल सहितको गाउहरु अनुगमन गरेका थिए।सांसद अरगरियाले उक्त क्षेत्रको बाढि प्रभाविका सर्वसाधारण जनताहरुसंग भेट गरि समस्याको बारेमा जानकारी लिए।

धनुषाको क्षेत्र नं २ अन्तरगतमा सवैभन्दा बढि प्रभावित जनकनन्दनी गाउपालिका वाड न १ स्थित रहेको इनर्वा ,मल्हनिया र वाड न ६को बल्हा भएको अनुगमनको क्रममा देखिएको छ। त्यसैगरि भारी वर्षाका कारणले कमला नदिमा आएको पानीको बहाव उच्च भएकोले धनुषाको फुलबारीया र मल्हनियाका बिचमा रहेको कमला नदिको तटबन्ध भत्किएको छ।

तटबन्ध भत्किएकोले हजारौं घरपरिवार डुवानमा परेको छ। त्यसैगरि भारी वर्षाका कारण जनकनन्दनी गाउपालिका,औरही गाउपालिका र कमला नगरपालिकामा रोपाई भएको खेत डुवानमा परेपछि किसानलाई भारी क्षति भएको अवलोकन पछि न्युज मधेश सङ्ग कुरा गर्दै सांसद अरगरियाले भने भारी वर्षाबाट भएको किसानको क्षति तथा सर्वसाधारणहरुको घर घरमा पानी पसेर भएको लाखौ क्षतिको क्षतिपुर्तीका लागि सरकारसंग माग गरिएको छ ।

बाढिले विस्थापित भएको हजारौं घरपरिवालाई अविलम्ब जनता अवासको कार्यक्रमलाई प्राथमिकता दिएर अवास निर्माण गर्न सरकार संग माग गरेको बताए । त्यसैगरी विस्थापित भएको परिवारहरुलाई सामुहिक भोजनको व्यवस्था गर्नुको साथै भत्केको बान्धलाई छिटोभन्दा छिटो ब्यबस्थापन गर्न सरकार सङ्ग जोरदार माग गरेको बताए।

यता मौसम विभागले भने आइतबारसम्म पानी पर्ने चेतावनी दिएकोले सर्तक रहन सर्वसाधारणलाई आग्रह गर्दै किसानहरुलाई भएको क्षतिको क्षतिपूर्ति दिलाउन सरकार माग गरे ।

शनिबार अबलोकन कार्यक्रममा समाजवादी मुसलिम प्रदेश न २ को सचीव हबिब मनसुरी ,पार्टीको औरही गाउपालिकाको अध्यक्ष कमलदेव मण्डल ,समाजवादी पार्टी नेपाल युवा नेता बिनोद रोहिता,मनिकलाल मण्डल , शंकर साह,अनिल ,रामहृदय यादव,गम्भीर साह र छठु मण्डल लगाईत २ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यता सांसद अरगरियाले औरही गाउँ पालिकामा पनि स्थलगत अनुगमन गर्नुभएको छ । जलाद पुलको पूर्व छेउ पानीले बगाएपछि आज बान्ध बधेपछि जनकपुर यदुकोहा सडक खण्डमा पुर्न रुपमा सुचारु भएको छ।

सांसद उमाशंकर अरगरियाको स्वकीय सचीव प्रमोद अधिकारीले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]