२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

जुत्ताचप्पल कारखानामा आगलागी

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ।

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।

झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ५ बजेतिर आगलागी पूर्णरूपमा निभाइएको भएको उनले जानकारी दिए।

मेचीनगर नगरपालिकाका दुईवटै दमकल बिग्रिएको हुँदा जिल्लाबाहिर र भारतबाट दमकल मगाइएको थियो। काँकडभिट्टाको उत्तरी भागमा आवास क्षेत्रमा कारखाना रहेको छ।

आगलागीमा जुत्ता, चप्पल, कच्चा पदार्थ, केमिकल र कारखानाको भौतिक सम्पत्ति समेत गरेर आठ करोडको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगी खेतानले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]