१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सबै दललाई आफ्नै चुनाव चिन्हमा चुनाव लड्न व्यवस्था मिलाउन जनमतको माग

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२६ माघ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता भई अध्यावधिक भएका सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने व्यवस्था मिलाउन माग गरेको छ ।

पार्टी महासचिव चन्दन कुमार सिंहले आज प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै आयोगमा अध्यावधीक भएका दलहरुलाई उनिहरुलाई प्रदान गरिएको चुनाव चिन्ह दिन माग गरेका हुन् ।

यसअघी निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनितिक दलहरुलाई मात्रै स्थानिय निकाय निर्वाचनमा उसको चुनाव चिन्ह प्रदान गर्ने कार्यबिधि बनाएको छ ।

मान्यता नपाएका दलहरुलाई स्वतन्त्र उम्मेदवार सरह उम्मेदवारी दिनुपर्ने प्रावधान आयोगले गरेको छ ।

जनमत पार्टीसंगै राष्ट्रिय दलको मान्यता नपाएका दलहरुले समेत आयोगको उक्त निर्णको बिरोध गरिरहेका छन् ।

आयोगका प्रमुख थपलियालाई ज्ञापनपत्र बुझाउँदै महासचिव सिंहले निवाएचन आयोगमा दल दर्ता भएर चुनाव चिन्ह लिईसकेका दललाई निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरहको मान्यता दिनु न्यायपुर्ण नभएको बताए ।

‘आयोगमा दर्ता भईसकेको दल पुर्ण रुपमा आधिकारिक संगठन हुन्छ, त्यसको बिधान, पहिचान र चिन्ह निर्वाचन आयोगले नै प्रमाणित गर्ने गरेको छ’, महासचिव सिंहले भने– आधिकारिक दलका उम्मेदवारलाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारको मान्यता दिनु कतिको उचित छ ?’

जनमत पार्टीले आयोगलाई उक्त प्रावधानलाई सच्याउन यसअघी समेत माग गरिसको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]