०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

सबै दललाई आफ्नै चुनाव चिन्हमा चुनाव लड्न व्यवस्था मिलाउन जनमतको माग

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२६ माघ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता भई अध्यावधिक भएका सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने व्यवस्था मिलाउन माग गरेको छ ।

पार्टी महासचिव चन्दन कुमार सिंहले आज प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै आयोगमा अध्यावधीक भएका दलहरुलाई उनिहरुलाई प्रदान गरिएको चुनाव चिन्ह दिन माग गरेका हुन् ।

यसअघी निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनितिक दलहरुलाई मात्रै स्थानिय निकाय निर्वाचनमा उसको चुनाव चिन्ह प्रदान गर्ने कार्यबिधि बनाएको छ ।

मान्यता नपाएका दलहरुलाई स्वतन्त्र उम्मेदवार सरह उम्मेदवारी दिनुपर्ने प्रावधान आयोगले गरेको छ ।

जनमत पार्टीसंगै राष्ट्रिय दलको मान्यता नपाएका दलहरुले समेत आयोगको उक्त निर्णको बिरोध गरिरहेका छन् ।

आयोगका प्रमुख थपलियालाई ज्ञापनपत्र बुझाउँदै महासचिव सिंहले निवाएचन आयोगमा दल दर्ता भएर चुनाव चिन्ह लिईसकेका दललाई निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरहको मान्यता दिनु न्यायपुर्ण नभएको बताए ।

‘आयोगमा दर्ता भईसकेको दल पुर्ण रुपमा आधिकारिक संगठन हुन्छ, त्यसको बिधान, पहिचान र चिन्ह निर्वाचन आयोगले नै प्रमाणित गर्ने गरेको छ’, महासचिव सिंहले भने– आधिकारिक दलका उम्मेदवारलाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारको मान्यता दिनु कतिको उचित छ ?’

जनमत पार्टीले आयोगलाई उक्त प्रावधानलाई सच्याउन यसअघी समेत माग गरिसको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]