१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ माघ । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएकाे हमलाकाे विराेध गरेकाे छ ।

जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने ऊपर जेहादी हमला गर्नेलाई कारवाही गर जस्ता नारा लगाइएको थियो।

पछिल्लाे समय मुख्यमन्त्री राउत नेपालमा पकिस्तानी एजेन्ट भएर काम गरिरहेकाे अभियानले आराेप लगाएकाे छ ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका जिल्ला सह संयोजक सुनील दास तथा रवि साह लागयतका अभियानीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै गरी बारा जिल्लाको फेटा गाउपालिका स्थित अभियान निकट राष्ट्रीय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा प्रदर्शनगरी मुख्यमंत्री लालबाबू मियाँ को पुतला दहन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]