२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ माघ । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएकाे हमलाकाे विराेध गरेकाे छ ।

जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने ऊपर जेहादी हमला गर्नेलाई कारवाही गर जस्ता नारा लगाइएको थियो।

पछिल्लाे समय मुख्यमन्त्री राउत नेपालमा पकिस्तानी एजेन्ट भएर काम गरिरहेकाे अभियानले आराेप लगाएकाे छ ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका जिल्ला सह संयोजक सुनील दास तथा रवि साह लागयतका अभियानीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै गरी बारा जिल्लाको फेटा गाउपालिका स्थित अभियान निकट राष्ट्रीय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा प्रदर्शनगरी मुख्यमंत्री लालबाबू मियाँ को पुतला दहन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]