०८ भाद्र २०८२, सोमबार
25-08-2025 , Mon
×

मधेश सरकार जनयुद्ध दिवस मनाउँदै , प्रचण्ड जनकपुर आउदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ फागुन।पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा आज माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् ।

तर मधेस सरकारकै तर्फबाट भने यो दिवस पहिलोपटक मनाउन लागिएको हो । मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रदेश मन्त्रिपरिषदको निर्णयानुसार फागुन १ गते जनयुद्ध दिवस मनाउन लागिएको र सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । उनी मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट एक मात्र मन्त्री हुन् ।

यसअघि मधेस सरकारले ३ वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाइरहेको थियो । आज भने जनयुद्ध दिवस पहिलोपटक मनाउन लागेको हो ।

जनयुद्ध दिवसका अवसरमा जनयुद्धका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ सहयोगसमेत मधेस सरकारले उपलब्ध गराउने भएको छ ।

नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउतको भनाई छ ।

जनयुद्ध दिवसका दिन प्रदेश सरकारले मधेस भवन परिसरस्थित कभर्ड हलमा सहिदका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम गर्ने तय भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आज मधेस जाँदैछन् ।

संघीय सरकारका केही मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता कार्यक्रममा सहभागी हुने छन ्।

पहिलो चरणमा मधेस प्रदेशका आठै जिल्लाबाट जनयुद्धका पाँच–पाँच सहिदका परिवार गरी ४० परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मानपत्र वितरण गर्ने तयारी छ । अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद तथा परिवार पहिचान भएको मन्त्री साहको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]