२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

सप्तरीमा नेकपा परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

न्यूजमधेश डेस्क
राजविराज,१ फागुन ।सप्तरीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् ।

आइतबार जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा गाउँपालिकाका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी प्रवेश गराईन् ।

नेकपाका जिल्ला सदस्य उदय मण्डलको नेतृत्वमा दुई दर्जन भन्दा बढी नेताकार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रम बोल्दै नवप्रबेशी मण्डलले विप्लवको पार्टीमा चरम बर्गिय विभेद रहेकोले नेकपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको बताए । २०७४ सालदेखि निरन्तर पार्टीमा काम गर्दै आएको बताउँदै उनले विप्लव नेतृत्वको पार्टीमा बसेर सदियौंदेखि बिभेदमा परेको बर्गको मुक्ति हुने सम्भावना नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको बताए ।

आफुसँगै यूवा संगठन तथा बिभिन्न तहतप्कामा रहेका २५ जना भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको मण्डलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]