२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सप्तरीमा नेकपा परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

न्यूजमधेश डेस्क
राजविराज,१ फागुन ।सप्तरीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् ।

आइतबार जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा गाउँपालिकाका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी प्रवेश गराईन् ।

नेकपाका जिल्ला सदस्य उदय मण्डलको नेतृत्वमा दुई दर्जन भन्दा बढी नेताकार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रम बोल्दै नवप्रबेशी मण्डलले विप्लवको पार्टीमा चरम बर्गिय विभेद रहेकोले नेकपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको बताए । २०७४ सालदेखि निरन्तर पार्टीमा काम गर्दै आएको बताउँदै उनले विप्लव नेतृत्वको पार्टीमा बसेर सदियौंदेखि बिभेदमा परेको बर्गको मुक्ति हुने सम्भावना नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको बताए ।

आफुसँगै यूवा संगठन तथा बिभिन्न तहतप्कामा रहेका २५ जना भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको मण्डलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]