२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

राजगढमा दर्जनौं नेता, कार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, मिथिलेस रजक, शालिग्राम रजक, दिपेन्द्र दास, जोगेन्द्र दासलगायतका व्यक्तिहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, समाज कल्याण जनमत संघ सप्तरीका संयोजक सञ्जय यादव, पार्टीका गाउँपालिका अध्यक्ष शुभनारायण यादव (मालाकार) लगायतको उपस्थित रहेको थियो । उनीहरुले नवप्रवेशीलाई अविर, माला लगाएर स्वागत समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]