०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

कमला नदि उत्खनन् गर्ने ७ टिपर प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ फागुन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ ।

आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला खोलामा बालुवा र गिट्टी उत्खनन् गर्दै गरेको पाइएको छ । उत्खनन् गर्दै गर्दा प्रहरीले ७ वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.–२–०१–०० ३ ख. ००५८, प्र. २–०१–००१ख.००५९, प्र.२–०३–००१ ख ३२२७, प्र. २–०३–००१ ख. ५०८४, प्र.२–०१–००१ख. ०१११ नम्बरको टिपर र सिआरइजिसीई ३०७ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको हो ।

उनीहरुले सम्बन्धित निकायबाट कुनै किमिसको अनुमति नलिई खोला उत्खनन् गर्दै गरेको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । ती टिपरबाट बालुवा, गिट्टी उत्खनन् गरेर सिरहामा राख्ने काम हुँदै आएको थियो ।

‘ठूलो आयोजनाका निर्माण कम्पनी भएपनि उत्खनन् गर्दा स्थानीय तह या समन्वय समितिबाट अनुमति लिनुपर्ने हो तर नलिएको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । नियन्त्रणमा लिइएका सवारी साधन प्रहरी चौकी पोर्तामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]