१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

आजकाे प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,४ फागुन। दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्।

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका छन्।

सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने निश्चित भएकाे हाे।

सरकारले एमसीसी टेबलको प्रयास गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। माओवादी केन्द्रले आज बिहान साढे ८ बजे दलको बैठक बोलाएको छ।

संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसदमा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ। संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]