२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

भारतका ‘डिस्को किंग’ बप्पी लहरीको निधन

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,४ फागुन । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ ।

एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।

बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ‘आइ एम अ डिस्को डान्सर’,’यार बिना चेन कहाँ रे’, ‘रात बाँकी’, ‘बम्बइ से आया मेरा दोस्त’ लगायत गीत सुपरहिट छन् ।

पछिल्लो समय भारतले गीत स‌ंगीतकाे क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]