२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

जबर्जस्ती करणीको मुद्दा २१ औं पटक स्थगित

Logo
प्रकाशित मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौँ,१० फागुन । तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ ।

३२ महिनाअघि धनुषाको महेन्द्रनगरस्थित आफ्नै घरमा छिमेकीबाट शारीरिक र मानसिक शोषण बेहोरका दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा । तस्बिर : दीपेन्द्र रोक्का/कान्तिपुर

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको ‘बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दा’को सुनुवाइ हुन नसकी ३३ महिनायता विविध ‘साधारण कारण’ देखाउादै लगातार स्थगित हुादै आएको छ । मंगलबार भने प्रतिवादीका तर्फका अधिवक्ता विनोद शर्माले आफूलाई कोरोना भएको कारण देखाएर निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । तर, पुर्पक्षका लागि थुनामा रहेका आरोपितले भने मुद्दा फर्छ्यौटमा तदारुकता देखाएका छैनन् ।

२०७६ वैशाख १५ को मध्यान्हमा महेन्द्रनगर घरमा रहेका दुई नाबालिकामाथि छिमेकमा बस्ने राजकुमार साहले गरेको जघन्य व्यवहारका बारेमा पहिलोपटक सामाजिक अभियन्ता सरोज रायले आवाज उठाएका थिए ।

राजनीतिक साथ–सहयोगका बलमा अभियुक्तले उन्मुक्ति पाउने स्थिति देखिएपछि धनुषाको महेन्द्रनगरका सम्पूर्ण निजी विद्यालय बन्द गरिएको र महेन्दनगरमा चक्का जामसहित आन्दोलन सुरु भएपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो । तर, २०७६ असोज २८ यता न्यायाधीशहरू विनोद खतिवडा, कृष्णमुरारी शिवाकोटी र भीष्मराज प्रसाइले धेरैजसो पेसीमा सुनुवाइ नै नगरी पन्छाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]