२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जबर्जस्ती करणीको मुद्दा २१ औं पटक स्थगित

Logo
प्रकाशित मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौँ,१० फागुन । तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ ।

३२ महिनाअघि धनुषाको महेन्द्रनगरस्थित आफ्नै घरमा छिमेकीबाट शारीरिक र मानसिक शोषण बेहोरका दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा । तस्बिर : दीपेन्द्र रोक्का/कान्तिपुर

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको ‘बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दा’को सुनुवाइ हुन नसकी ३३ महिनायता विविध ‘साधारण कारण’ देखाउादै लगातार स्थगित हुादै आएको छ । मंगलबार भने प्रतिवादीका तर्फका अधिवक्ता विनोद शर्माले आफूलाई कोरोना भएको कारण देखाएर निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । तर, पुर्पक्षका लागि थुनामा रहेका आरोपितले भने मुद्दा फर्छ्यौटमा तदारुकता देखाएका छैनन् ।

२०७६ वैशाख १५ को मध्यान्हमा महेन्द्रनगर घरमा रहेका दुई नाबालिकामाथि छिमेकमा बस्ने राजकुमार साहले गरेको जघन्य व्यवहारका बारेमा पहिलोपटक सामाजिक अभियन्ता सरोज रायले आवाज उठाएका थिए ।

राजनीतिक साथ–सहयोगका बलमा अभियुक्तले उन्मुक्ति पाउने स्थिति देखिएपछि धनुषाको महेन्द्रनगरका सम्पूर्ण निजी विद्यालय बन्द गरिएको र महेन्दनगरमा चक्का जामसहित आन्दोलन सुरु भएपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो । तर, २०७६ असोज २८ यता न्यायाधीशहरू विनोद खतिवडा, कृष्णमुरारी शिवाकोटी र भीष्मराज प्रसाइले धेरैजसो पेसीमा सुनुवाइ नै नगरी पन्छाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]