१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

गठबन्धन टुटिसक्यो घोषणा गर्न मात्रै बाँकी छ : माओवादी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ फागुन। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट गम्भीर देखिएको सत्तारुढ दल नेकपा माओवादी केन्द्र अन्तिम निर्णयकाे संघारमा उभिएकाे छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर प्रधानमन्त्री देउवाले विपक्षी दलसँग सत्ता सहकार्यको हात अगाडि बढाएपछि स्थायी कमिटी बैठक बोलाएको पूर्वस्थायी कमिटी मातृका यादवले जानकारी दिए ।

बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । आजको बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे गम्भीर समीक्षा गरिने यादवले बताए ।

‘गठबन्धन टुटिसक्यो घोषणा गर्न मात्र बाँकी छ । एमसिसी पास गर्ने सर्तमा माओवादी केन्द्रले कसैसँग पनि सम्झौता गर्दैन’, यादवले भने, ‘राष्ट्रियता विरोधीसँग सँगै बस्न सकिंदैन । राष्ट्रियतालाई दाउमा राखेर वा राष्ट्रिय स्वाभिमानलाई बन्धक राखेर सँगै जान सकिंदैन । यसबारे बैठकमा गम्भीर समिक्षा गरी अगाडि बढ्छौं । सरकारबाट बाहिरिने कुरा कुनै ठूलो होइन ।’

यादवले एमसिसीको विपक्षमा एमाले उभिए सत्ता सहकार्य हुन सक्ने जिकिर गरे । ‘एमसिसी र सत्ता सहकार्य सँगै हुँदैन । एमालेले गरेको प्रतिगमन स्वीकार गरी एमसिसीको विपक्षमा मत दिने शर्तमा एमालेसँग फेरी सकहकार्य हुन सक्छ’, उनले दावी गरे ।

कांग्रेसले एमसिसीलाई टेबुल गरेपछि संसदीय प्रकृयामा जाँदा पास वा फेल जे भएपनि स्वीकार हुने भने पनि एमालेको उक्साहटमा लागेर गठबन्धन तोडेको आरोप लगाए ।

बिहीबार एमसिसी प्रस्ताव अल्पमतमा पर्ने थाहा पाएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । दुई चरणमा भएको वार्ता सहमति नजिक रहेको दुवै पक्षले दावी गरेको छ । एमाले र कांग्रेसबीचको सहकार्यले गठबन्धन सरकार धरापमा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]