२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

कांग्रेससँगको बार्तापछि एमाले शीर्ष नेता आन्तरिक छलफलमा जुटे

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, १४ फागुन।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि बालकोट आइपुग्नु भएको थियो । यसअघि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली प्रधानमन्त्री देउवासँगको भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।

स्रोतका अनुसार एमसीसी पास गर्ने सन्दर्भमा गठबन्धनका दलहरुले साथ दिन्छौं भने पनि प्रचण्डको ढुलमुले बानीका कारण प्रधानमन्त्री देउवा आस्वास्त हुन सक्नुभएको छैन । ‘एमसीसीमा साथ दिने कुरामा प्रचण्डको भन्दा माधव नेपालको विश्वास प्रधानमन्त्रीलाई धेरै छ ।

यही अविस्वासका बीच एमसीसी निणायर्थ प्रष्तुत गर्दा बहुमतले अस्विकृत भएमा सत्ताबाट बहिर्गमनसँगै अमेरिकी नजरमा पनि अक्षम देखिने त्रास प्रधानमन्त्री देउवामा रहेको छ । त्यसैले बहुमतको भरपर्दो सारथी खोज्दै देउवा बालकोट आइपुग्नुभएको हो ।

अध्यक्ष ओलीले कि त माधव नेपाल सहितत आफूले साउन २८ गते कारबाही गरेका १४ जना साँसदको पद खारेज हुनुपर्ने त्यसो नभए सभामुखले राजिनामा दिनु पर्ने माग अघि सारेपछि देउवा मध्यमार्गी बाटोको खोजीमा हुनुहुन्छ । शुक्रवारको सहमतिअनुसार कांग्रेस र एमाले शीर्ष नेताबीच आज पनि बार्ता हुने एमाले भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]