१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सहिदनगरका वडाध्यक्ष र मेयरले गर्न नसकेको काम विद्यार्थी नेता यादवले गरेर देखाए

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ फागुन।धनुषाको सहिदनगर नगरपालिका १र २ को सिमामा अबस्थित राष्ट्रिय प्राथमिक बिद्यालय सुन्द्रपुर चिरैयाको अगाडिमा एक वर्षदेखि सडकमा आवतजावत गर्नमा विद्यार्थीहरुलाई निकै कठिनाइ भैरहेको थिए।

सो बाटो मर्मत गर्नको लागि पटकपटक वडाध्यक्ष तेजिलाल यादव र मेयर उयद बरबरियालाई हारगुहार गरेपनी उनिहरु कुनै चासो देखाएन।

डा सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघ धनुषाका कोषाध्यक्ष बिरेन्द्र यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले भनेपछि बाटो मर्मत गराउनको लागि काम आजदेखि सुरु गरिएको हो।

उक्त बाटो मर्मतमा लाग्ने खर्च विद्यार्थी नेता यादवले तिर्ने एक विद्यार्थीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।