०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

पुरुषको पनि अधिकार हनन हुन थाल्यो : मुख्यमन्त्री राउत

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुरुषको अधिकार पनि हनन हुन थालेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयाेगले शुक्रबारदेखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षकको सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा पुरुषको अधिकार हनन हुन थालेको बताएका हुन् ।

‘महिला हिंसा घरमै भइरहेकाे छ, तर वैदेशिक राेजगारका कारण पुरूषहरू पनि हिंसामा परिरहेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘सरकार भएपछि त्यसतर्फ पनि सोच्नुपर्छ । कसैको अधिकार हनन हुनुभएन ।’

उनले चाहिने भन्दा पनि बढी अधिकारको प्रयोग कसैले नगर्न पाउनेतर्फ राज्यले सोच्नुपर्ने बताए ।
आफ्नो प्रहरी नहुदा मानवअधिकार उल्लंघनका घटनालाई नियन्त्रण गर्न नसकिएको उनले बताए ।

मुख्यमन्त्री राउतले आफ्नो अधिकारको खोजी गर्दा अरुको हनन गर्न नहुने बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]