३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

पाँच किलो गाँजासहित २ भारतीय नागरिक प्रहरीको फन्दामा

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।

ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले उनलाई पक्राउ गरेको थियो ।

द्यच् ण्ट ग् छडठघ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट ५ किलो प्रतिबन्धित लागुऔषध (गाँजा) फेला परेको सशस्त्र प्रहरी बल १३ नं हेड क्वाटर पर्साक प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

लागु औषध (गाजा), मोटरसाईकल र पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कारबाहिको लागी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]