०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

फेरि सांसद विघटन हुने !

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२२ फागुन। पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो।

त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्‍न सकिन्छ।

निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै नेता पौडेलले भनेका थिए, ‘देशलाई अलमलमा राख्‍न नदिन पनि संसद् नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुपर्छ। मैले त प्रधानमन्त्रीलाई भनिसकेँ–चाँडै संसद् सुचारु गर्नुपर्‍यो वा चाँडै संसद् ल्याउनुपर्‍यो।’

यस्तै, महामन्त्री थापाले पनि एमालेले संसद् चल्न दिएन भने मंसिरअघि नै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शानदार ढंगले चलाउने बताए।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेपछि पार्टी नै फुटाएर हिँडेको माधव नेपाल आफैँ संसद् विघटनको पक्षमा उभिएका छन्। एमालेले संसद निरन्तर अवरोध हुने भए संसद् भंग गरेर चुनावमा जानुपर्ने उनको भनाइ छ।

संसद् चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले ओलीको बितण्डालाई सामना गर्नका लागि संसद् भंग गर्नुपर्ने बताए। संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै संसद विघटन गरेर संघको निर्वाचन गराउन चाहन्थे। तर, स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप लगाउँदै चर्को विरोध भएपछि अडानबाट फर्किए। तर, अहिले पनि प्रचण्ड स्थानीय तहको भन्दा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन्।

तर, माओवादी सांसद वर्षमान पुनले अर्ली इलेक्सनबारे फरक मत राख्छन्। वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्सन गर्ने समय नहुने उनको भनाइ छ। तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने स्थानीय तहको निर्वाचन सारेर भए पनि प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]