१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जानकी मन्दिरभित्र प्रदेश प्रमुखको गाडीमा बनाइयो टिकटक

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ ।

दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए ।

‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन बन्द गरिएको छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘प्रदेश प्रमुखको गाडी भित्रै आउनु गल्ती कुरा हो । नल्याउनुपर्ने हो ।’

मन्दिरका महन्थ, नगरपालिकाका प्रमुखसहित सुरक्षा अधिकारीहरूको सहमतिमा दुई वर्षदेखि सवारी पार्किङ गर्न अनौपचारिक रुपमा रोक लगाइएपछि सवारीसाधन बाहिर नै पार्किङ गर्ने तरिएको थियो । मुख्यमन्त्रीदेखि हरेक सुरक्षा अधिकारीको सवारीसाधन बाहिर नै पार्किङ गरिँदै आएकामा प्रदेश प्रमुखको गाडी मन्दिर प्राङ्गणमै लगिएपछि उनको गाडी प्रयोग गरेर टिकटक पनि बनाइएको छ ।

गाडी पार्किङ गरेर प्रदेश प्रमुख मन्दिर भित्र गएको केहीबेरमै आएका दुई युवकले गाडी प्रयोग गरेर टिकटक बनाएका हुन् । उनीहरूले गाडीमा अडेस लागेर आइसक्रिम खाँदै टिकटक बनाएका हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मन्दिरभित्र प्रदेश प्रमुखको गाडी प्रवेश गराएकोबारे जानकारी नभएको बताए । ‘के भएको रहेछ म बुझ्न लगाउँछु’ उनले भने ।- अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]