१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

यमनको गृहयुद्धमा ४७ बालबालिकाको मृत्यु

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ फागुन । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो ।

गृहयुद्धको चपेटामा सबैभन्दा बढी बालबालिका परेको पनि यमनका लागि युनिसेफका प्रतिनिधि फिलिप डुआमेलले जनाएका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीलाई भाग्न बाध्य पारिएसंगै सैन्य हस्तक्षेप भएको थियो ।

यमनमा इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको सैन्य गठबन्धनले समर्थन गरेको सरकारी सेनाबीचको युद्धको प्रत्यक्ष वा अप्रत्यक्ष परिणाम स्वरुप सयौं हजारौं मानिसको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, रुसले आक्रमण पछि दुई हप्ताको अवधिमा युक्रेनमा ७१ बालबालिकाको मृत्यु भएको छ । दुई देशबीचको जारी युद्धमा एक सय भन्दा बढी बालबालिका घाईते भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]