१० पुष २०८२, शुक्रबार
26-12-2025 , Fri
×

यमनको गृहयुद्धमा ४७ बालबालिकाको मृत्यु

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ फागुन । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो ।

गृहयुद्धको चपेटामा सबैभन्दा बढी बालबालिका परेको पनि यमनका लागि युनिसेफका प्रतिनिधि फिलिप डुआमेलले जनाएका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीलाई भाग्न बाध्य पारिएसंगै सैन्य हस्तक्षेप भएको थियो ।

यमनमा इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको सैन्य गठबन्धनले समर्थन गरेको सरकारी सेनाबीचको युद्धको प्रत्यक्ष वा अप्रत्यक्ष परिणाम स्वरुप सयौं हजारौं मानिसको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, रुसले आक्रमण पछि दुई हप्ताको अवधिमा युक्रेनमा ७१ बालबालिकाको मृत्यु भएको छ । दुई देशबीचको जारी युद्धमा एक सय भन्दा बढी बालबालिका घाईते भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]