१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धानुक सेवा समाजद्वारा बाढिपिडितलाई राहत

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका लागि म्याट्रेस १ थान, सलाई १ पीका दरले प्रत्येक परिवारलाई वितरण गरिएको समाजका अध्यक्ष जयराम मण्डलले बताए । ‘सबै सामग्रीलाई प्याकेज बनाएर वितरण गरेका छौं,’उनले भने । बढिबाट कुनै वर्ग पिडित भएको छ भने सबैभन्दा बडि पिडामा महिलाहरु रहेको समाजसेवी शोभा मण्डलले बताए । महिला लक्षित राहत विरतरण कार्यलाई प्राथमिकता दिन उनले सरोकारवालाहरुसँग आग्रह गरिन । ‘बाढि जस्तो विपद्को यो घडीमा नेपालको विभिन्न जिल्लामा स्थलगत निरिक्षण गरिरहेका छौं,’ समाजका अध्यक्षले भने,‘निरिक्षणबाट आएको अर्थात तथ्यांकलाई केलाएर सबैभन्दा बढि जोखिममा रहेका ठाउँका बासिन्दालाई केन्द्रित गरेर राहत प्याकेज वितरण प्रक्रिया अगाडि बढाउने गरेको छु ।’ नेपाली युवाहरुको अथक प्रयास र परिश्रमबाट चल्दै आएको यो संस्थाले आफ्नो क्षमता अनुसार राहत वितरण गर्नुका साथै राहत वितरण तथा अन्य बन्दोवस्तीका लागि अरु गैरसरकारी संस्थाहरुसँग सहकार्य पनि थालेको उनले थपे । राहत विरण कार्यक्रममा डोमी मण्डल, लक्ष्मी मण्ड, जगतलाल मण्डल, ज्ञानेन्द्र मण्डल, कासिन्द्र मण्डल, राजेन्द्र मण्डल लगायत स्थानीय युवा, बुद्धिजीवी र पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गएको केही हप्ता अघि अविरल वर्षासँगै आएको बाढिले जिल्लाको विभिन्न स्थानसँगै सिरहा नगरपालिका ६ र १२ नं.वडामा विषेश क्षति पु¥याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]