२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सप्तरीको आमसभामा सयौं भन्दा बढी जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा शुक्रबार आयाेजना गरिएको आमसभामा २ सयभन्दा बढी जनाले जनमतमा प्रवेश गरेका छन् । साे गाउँपालिका वडा नम्बर ३ बथनाहामा पार्टीका महदेवा गाउँपालिका अध्यक्ष कुनदन राउतकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यमा आयाेजीत सभामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले जनमतमा प्रवेश गरेका छन् । साेही अवसरमा बाल्दै डा राउतले नेपालको उत्तर र दक्षिण दुवै तर्फका सीमानाकाबाट पटक पटक जनता प्रताडित हुने गर्दा समेत समाधानका लागी जनताले भोट दिएर पठाएका काग्रेंस, कम्युनिष्ट, जसपा, लोसपा लगायतका सरकार पनि उतैको झुकावमा पर्ने गरेको आरोप लगाए ।
“जनमत पार्टीलाई एक पटक मात्र जनता सेवा गर्ने अवसर दिन आग्रह गर्दै” उनले भने- “राजाको शासन, राणाको शासन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि जनताले यातना भोग्दै आएका छाैं ।”
पार्टीले जनताराज, प्रत्यक्ष लोकतन्त्र, सामुदायिक समाजवाद अन्तर्गत गासबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका कार्यहरुको व्यवस्था सुनिश्चित गर्ने अध्यक्ष राउतले दाबी गरे ।
चुनावमा पैसा लिएर मतदान नगर्न आग्रह गर्दै उनले अधिकारका लागि विना पैसा लिएर मतदान गर्न अपील गरे ।
उक्त सभामा केन्द्रीय उपमहासचिव ई. इन्द्रजति यादव, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव, जनमत महिला संघकी सयोंजक शुशिला यादव, नेता अनिस अंसारीलगायतकाले मन्तव्य व्यक्त गरे भने, कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]