१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बारा जिल्लाको कांग्रेस सभापतिमा यादव विजयी

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८

न्यूजमधेश डेस्क
बारा,३० फागुन । नेपाली कांंग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत ल्याई विजयी भएका हुन् । यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।

बुढाथोकीले ११५४ मत ल्याएका थिए । ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन् । विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन् ।

विजयी र पराजित दुबै संस्थापन पक्षका जिल्ला नेता हुन् । शनिबार भएको अधिवेशनबाट तेस्रो स्थानको मत ल्याई रामानन्द राय बाहिरिएका थिए । नेता कृष्णप्रसाद सिटौला निकट रायले शनिबारको मत परिणाममा पहिलो स्थानको मत ल्याउने यादवलाई सघाउने निर्णय गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]