१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् ।

मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको बुझिएको छ ।

यसअघि उपप्रधानमन्त्री नराख्ने भनेका देउवाले श्रेष्ठलाई सरकारमा ल्याउनुपरेमा काँग्रेसबाट पनि उपप्रधानमन्त्री राख्ने विश्वस्त स्रोतले बताएको छ । काँग्रेसबाट सुजाता कोइराला सरकारमा सहभागी हुने बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा र रामकुमारी झाँक्रीको साटो जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ । प्रेम आले र किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भइरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई सरकारमै राख्नेबारे कुराकानी गरेको बुझिएको छ ।

देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने पहल गरिरहेका छन् । लोसपालाई दुई मन्त्रालय दिन देउवा सकारात्मक भएको तर ठाकुरले तीन मन्त्रालय मागेको विश्वस्त स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]