२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२ चैत्र । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत देखिएको छ। भारतले १५ दिनमै पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँले बढाएर पठाएपछि इन्धन झनै महंगिने भएको हो।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी नेपालमा बेच्ने गर्दछ। आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार आफूले बेच्ने भाउ तय गरी निगमलाई १५–१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ।

सोहीअनुसार आईओसीले बुधबार नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार निगमले १ लिटर पेट्रोल किन्न १ सय १० रुपैयाँ १३ पैसा तिर्नुपर्ने भएको हो। यो खरिद मूल्यमा सरकारले उठाउने ५९ रुपैयाँ ४८ पैसा तथा निगम खर्च र प्राविधिक नोक्सानी जोड्दा काठमाडौंसम्मको खरिद लागत १ सय ८२ रुपैयाँ ८१ पैसा पर्न जान्छ। यो लागत अघिल्लो महिनाको १ सय ६१ रुपैयाँ ५९ पैसाभन्दा करिब २१ रुपैयाँ बढी हो।

नयाँ मुल्यसूचीअनुसार डिजेलको खरिद लागत प्रतिलिटर २९ रुपैयाँले बढेर १ सय ६९ रुपैयाँ ४४ पैसा पुगेको छ। हाल कायम बजार मूल्य पेट्रोलको प्रतिलिटर १ सय ५० रुपैयाँ तथा डिजेलको १ सय ३३ रुपैयाँ छ। यही भाउमा बेच्दा निगमलाई भोलिदेखि पेट्रोलमा १ सय ३२ रुपैयाँ ८१ पैसा र डिजलमा ३६ रुपैयाँ ४४ पैसा घाटा हुनेछ।

अन्य खर्चबाहेक पेट्रोल १६ रुपैपाँ, डिजल २४ रुपैयाँ र हवाइ इन्धन १९ रुपैयाँ महंगो बनेर आएको छ। यता ग्यासको खरिद भाउ प्रतिसिलिन्डर १ सय ५ रुपैयाँमा महंगिएर २२ सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ। जसअनुसार निगमलाई ६ सय ६५ रुपैयाँ घाटा हुने भनिएको छ।

नयाँ मूल्य सूचीअनुसार १५ दिनको घाटा अढाइ गुणाले बढ्ने भएको छ। तेलको भाउ नबढाए निगमलाई १५ दिनमै ५ अर्ब ३० करोड घाटा हुनेछ। अघिल्लो १५ सिनमा निगमलाई २ अर्ब १५ करोड रुपैयाँ घाटा भएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]