०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

कपिलवस्तुमा १५ सय अवैध चल्ला नष्ट

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

न्यूजमधेश डेस्क
कपिलवस्तु,२ चैत्र। जिल्लाको कृष्णनगर नगरपालिका–१२ नरैनापुरमा भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ब्रोइल कुखुराका चल्ला नष्ट गरिएको छ ।

विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो ।

बरामद गरिएको चल्लाको मूल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । वीओपी कृष्णनगरमा पत्रकार, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीयको रोहबरमा चल्ला नष्ट गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]