१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

पूर्व अफगानी अर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँछन्

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,६ चैत्र । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठिक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो ।

त्यसको छ महिना पछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर चलाइरहेका छन् ।

‘यदि मैले अर्को दुई दिनमा ५० वटा यात्राहरू पूरा गरें भने, मैले ९५ डलर बोनस पाउँछु,’ पेएन्डालाई उधृत गर्दै वाशिंगटन पोस्टले लेखेको छ । ४० वर्षीय उनले एकपटक अमेरिकी समर्थनमा ६ अर्ब डलरको बजेटको निरीक्षण गरेका थिए । उनले एक रातमा धेरै कमाई गरेको दिन १५० डलरसम्म कमाउँछन् ।

उनले आफ्नो परिवारलाई सहयोग गर्न सक्षम भएकोमा कृतज्ञ व्यक्ति गर्छन, ‘अहिले, मसँग कुनै ठाउँ छैन । म यहाँको हैन र म त्यहाँ पनि छैन । यो एकदमै खाली भावना हो ।’

तालिबानले सत्ता कब्जा गरेर अमेरिका समर्थित शासन प्रतिस्थापित गरेपछि अफगानिस्तानले मानवीय र आर्थिक संकटको सामना गरिरहेको छ, त्यहाँका नेताहरुको सम्पत्ति रोक्का गरिएको छ र अन्तर्राष्ट्रिय सहायता कटौती गरिएको छ । जसका कारण आधारभूत आवश्यकता पनि पुरा गर्न नसक्ने स्थिति अफगानिस्तानको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]