२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मोरङको लेटाङ झडपमा घाइते महिला प्रहरीको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,७ चैत्र। शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा एक महिला प्रहरी जवानको हत्या भएको छ ।

प्रर्दशनकारीको आक्रमणमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिला श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ ।

विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली समेत चलाएको थियो । लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए ।

स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । सो आक्रमणका कारण महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको थियो । होली पर्वको दिन स्थानीय शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]