२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मधेसका मुख्यमन्त्री राउतले नै खानेपानीको पैसा नतिरेपछि काटियो लाइन

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ चैत्र । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ ।

पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ ।

उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ । धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ ।

मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल कुल १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको कार्यालय प्रमख इन्जिनीयर निरण महर्जनले बताएका छन् ।

उनका अनुसार पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निर्णयअनुसार लाइन काटिएको छ ।- नेपालप्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]