१० जेठ २०८२, शनिबार
24-05-2025 , Sat
×

महन्थ ठाकुर भन्छन् – माग सम्बोधन भए मात्र सरकारमा सहभागी हुन्छौं !

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ चैत्र।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन हामीलाई आग्रह गर्नुभएको छ। त्यहीअनुसार पार्टीभित्र छलफल चलिरहेको छ,’ ठाकुरले भने। सरकारमा सहभागिताका लागि आफूहरूले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्ने प्रधानमन्त्री देउवालाई बताएको उनले उल्लेख गरे।

‘नागरिकताको समस्या समाधान हुनसकेको छैन। आन्दोलनका क्रममा हाम्रा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता भएको छैन,’ ठाकुरले भने, ‘यी मुद्दाहरू सम्बोधन भए सरकारमा सहभागी हुनेबारे विचार गर्न सकिन्छ प्रधानमन्त्रीलाई भनेका छौं।’

ठाकुरले स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न लोसपा खुला रहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई सरकारमा सहभागी गराउन प्रयासरत छन्। यसबीचमा देउवा र लोसपा अध्यक्ष ठाकुरसहितका नेताहरूबीच भेटवार्ता पनि बाक्लिएको छ।

लोसपाको मागअनुसार नागरिकता विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलसमेत गठन भएको छ। कार्यदलमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, लोसपा नेता लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]