०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महन्थ ठाकुर भन्छन् – माग सम्बोधन भए मात्र सरकारमा सहभागी हुन्छौं !

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ चैत्र।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन हामीलाई आग्रह गर्नुभएको छ। त्यहीअनुसार पार्टीभित्र छलफल चलिरहेको छ,’ ठाकुरले भने। सरकारमा सहभागिताका लागि आफूहरूले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्ने प्रधानमन्त्री देउवालाई बताएको उनले उल्लेख गरे।

‘नागरिकताको समस्या समाधान हुनसकेको छैन। आन्दोलनका क्रममा हाम्रा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता भएको छैन,’ ठाकुरले भने, ‘यी मुद्दाहरू सम्बोधन भए सरकारमा सहभागी हुनेबारे विचार गर्न सकिन्छ प्रधानमन्त्रीलाई भनेका छौं।’

ठाकुरले स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न लोसपा खुला रहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई सरकारमा सहभागी गराउन प्रयासरत छन्। यसबीचमा देउवा र लोसपा अध्यक्ष ठाकुरसहितका नेताहरूबीच भेटवार्ता पनि बाक्लिएको छ।

लोसपाको मागअनुसार नागरिकता विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलसमेत गठन भएको छ। कार्यदलमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, लोसपा नेता लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]