३० भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
×

शहीदनगर नगरपालिका : आफू निकटका शिक्षकलाई तलव खुवाउँदै अरुलाई आन्दोलन गर्न बाध्य बनाउँदै

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।

विद्यालय कर्मचारी (लेखापाल) को संघीय सरकारले रु १३ हजार ५ सय, बालविकास सहजकर्ताको रु ८ हजार र कार्यालय सहयोगीलाई रु ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन संघीय सरकारले अध्यादेशबाट बजेट पारित गरेको थियो ।

पारित भइसकेको बजेट पनि दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको महतोले बताइन्। बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]