१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

सर्लाहीको मलंगवाबाट लागुऔषधसहित २४ वर्षीय युवक प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,९ चैत्र। मधेश प्रदेशका सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट प्रहरीले नाइट्राभेट १० नामक लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलवार दिउँसो वडा नम्बर ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी चेकिङमा खटिएको प्रहरीको टोलीले हरिवन नगरपालिका ११ बस्ने वर्ष २४ को रोहित लामालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका लामालाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट २ पत्ता २७ पिस लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]