२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नक्कली लाइसेन्स बनाउने २ जना युवक पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन

उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति पत्र बनाएर गाउँ घरका केटा मानिसहरुसंग पैसा लिई वितरण गरिरहेका हुन।प्रहरीले उनीहरुको साथबाट यातायत व्यवस्था विभागको ५ /५ थान नक्कली सवारी अनुमति पत्र ( लाइसेन्स ) बरामद भएको छ।

नियन्त्रणमा लिएको दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]