०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नारायणहिटी दरबारको २७ वर्षपछि रङरोगन र मर्मत

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१० चैत्र । राजपरिवारको वंश विनासपछि संग्रहालयमा अनुवाद भएको नारायणहिटी दरबारको २७ वर्षपछि रंगरोगन र मर्मत सम्भार भएको छ ।

अधिराजकुमारी श्रुति शाहको विवाह यता दरबारको कुनै मर्मत सम्भार नभएकोमा अहिले भने सजावट र मर्मतमा ध्यान दिन थालिएको हो । कोभिडको संक्रमण घटेसँगै आन्तरिक पर्यटकको आकर्षण बन्दै आएको दरबार संग्रहालयमा त्यसको ऐना देखिन्छ ।संग्रहालयको महत्वपूर्ण कास्की बैठकमा राखिएको कार्पेट र कुर्सीले बल्ल मुहार फेर्न मौका पाएको छ । संग्रहालयमा भएका बहुमूल्य र ऐतिहासिक सामग्री राजा महाराजा विदेश भ्रमण जाँदा उपहार प्राप्त हुन् ।

त्यतिमात्र कहाँ हो र ? संग्रहालयको मुख्य आकर्षक कक्ष गोरखा राजा महाराजाको विशेष समारोह र संबोधन यही कक्षबाट हुन्थ्यो । राजा वीरेन्द्रले नेपालको संविधान २०४७ यहीँबाट घोषणा गर्नुभएको थियो । यो कक्ष अहिले चिटिक्क पारिएको छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले आफू र आफना सन्ततिका लागि बनाएको दरबार राणापछि शाह राजाले आफ्नो दरबार बनाएका थिए । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले यहीँबाट मुलुकको शासन सम्हाले ।

राजा महेन्द्रको परिकल्पनाअनुसार अमेरिकाबाट प्राविधिक झिकाइ २०२६ सालमा यस स्वरूपको दरबार बनेको हो । कोरोना र बजेट अभावका कारण मर्मत सम्भार नहँुदा असरल्ल अवस्थामा रहेको संरचनालाई त्यसको ऐतिहासिक स्वरुप बिग्रन नदिन तयारी थालिएको हो ।

त्यसो त कोरानाका कारण अस्तब्यस्त बनेको जनजीवन सामान्य बन्दै गएपछि संग्रहालय घुम्न आउने पर्यटकको संख्या बाक्लिएको हो । स्वदेशी विदेशी गरी हाल १ हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । जसको दैनिक आम्दानी सरदर १ लाख ५० हजार रहेको छ ।

जे होस् नारायणहिटी दरबार एउटा भवन मात्र नभएर साढे दुई शताब्दी धानेको शासनप्रणालीको साक्षी हो । त्यसैले यसलाई इतिहासको नासोका रूपमा संरक्षण गर्न जरुरी छ ताकि राजनीतिक गतिविधिको तारो बनाउने गल्ती अब नदोहोरियोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]