२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

योगी आदित्यनाथले आज दोस्रो पटक मुख्यमन्त्रीको शपथग्रहण गर्दै

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,११ चैत्र । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् ।

आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने छन् । मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई पनि पाहुनाको रुपमा बोलाइएको छ ।

अमर उजालामा पत्रिकामा प्रकाशित एक समाचार अनुसार विधानसभा निर्वाचनमा अहम् भूमिका निर्वाह गरेका कार्यकर्ताहरु, योग गुरु रामदेव र प्रमुख मठहरुका सन्त महन्तहरुलाई पनि सपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।

सपथ ग्रहण समारोहमा ७० हजार भन्दा बढी मानिसहरु भेला हुने अनुमान छ । शपथ ग्रहण समारोहस्थल वरपर सातवटा घुम्ती शौचालयका साथै भीआईपीहरुका लागि तीनवटा अस्थायी हेलिप्याड समेत निर्माण गरिएको छ ।

प्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]