२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

लेनदेन मुद्दामा जसपाका युवा नेता नवीन यादव पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद सदस्य नवीन यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै नियन्त्रणमा लिएको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेकाे मुद्दामा अदालत पक्राउ पुर्जी जारी गरेपछि नेता यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका ।

उनले भने अदालतमा हाजिर गरिसकेपछि थप अनुसन्धानका लागि म्याद थप गरी तीन दिनदेखि उनलाई हिरासतमै राखिएकाे छ । अनुसन्धान नसकेसम्म म्याद थप थरी हिरासतमै राखिनेछ ।

अदालतले कैद सजायकाे आदेश वा विगो सहितको रकम नतिरेमा यादव जेल चलान समेत हुन सक्ने डीएसपी बस्नेतले बताए ।

यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । पछि धराैटी बुझाएर रिहा भएकाे थियाे ।- लोकपुकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]