१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

डा सीके राउत भोलि धनुषाको तिनकौरिया आउदै

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

न्यूजमधेश डेस्क
तिनकौरिया,१६ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत भोलि तिनकौरिया आइरहेको छ।

जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी धनुषाको तिनकौरिया आउने भएको हो।

अध्यक्ष डा सीके राउत प्रमुख आतिथ्यमा भोलि बिहिवार १२ बजे तिनकौरियामा हुने विशाल आमसभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने युवा जनमत संघ धनुषा इन्चार्ज धिरज मण्डलले बताए ।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलगाइत पार्टीका नेता,कार्यकर्तालगाइतका व्यक्तिहरुको उपस्थितिमा आमसभा हुन गैरहेको इन्चार्ज मण्डलले जनाए।

सो विशाल आमसभामा किसान,शिक्षक ,कर्मचारी ,बुद्धिजीवी ,व्यपारी ,समाजसेवी , युवा,विद्यार्थी र महिलाहरुलाई समेत सहभागी हुनको लागि अनुरोध गरिएको हो।

भोलि बिहीबार हुने विशाल आमसभाको लागि तिनकौरियास्थित रहेको जनमता नमूना माध्यमिक विद्यालयको प्राङ्गणमामा सम्पुर्ण तयारी पूरा भएको पार्टीको विदेह नगरपालिका ५ का वडा अध्यक्ष रामकुमार मण्डलले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]