२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल गर्न गठबन्धनकाे बैठक बस्दै

Logo
प्रकाशित बिहिबार, चैत्र १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१७ चैत्र। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल हुने बताइएकाे छ।

कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो ।

वैशाख ३० गते एकैपटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन्। साथै उनीहरूले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]